– गणेश खनाल /शोभाखर पन्थी
सन्धिखर्क, अर्घाखॉची । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि टोपबहादुर रायमाझीले मंसिर ४ गते नै सविधान सभाको निर्वाचन हुने बताए ।
आईतवार सन्धिखर्कमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गदै नेता रायमाझीले निर्वाचन बाहेक अर्को कुनै विकल्प नभएकाले निर्धारित समयमै निर्वाचन हुने बताएका हुन् । निर्वाचन भाड्न खोज्ने शक्तिहरुको तागत निकै कमजोर रहेको बताउदै बर्तमान सरकारले नै निर्वाचन गराउने बताए ।
पार्टी उपाध्यक्ष्ँ डाक्टर बाबुराम भट्टराई निकट मानीने नेता रायमाझीले भट्टराईको राजिनामा पार्टी भित्रको अन्तर विरोध नभई पार्टीमा योगदान गर्न पदमा बसेर मात्र गर्न सकिन्छ,भन्ने परम्परालाई तोड्न भएको बताए । साउन ४ गतेको विस्तारित बैठकबाट सबै समस्या हल हुने दावी गरे ।
नेपालमा ढेड सयको हाराहारीमा पार्टी रहेको भएपनि अन्तिम समयमा दुई समुह मात्र अस्तित्वमा रहने रायमाझीले दावी गदै भर्ने अग्रमनको नेतृत्व एमाओवादी गर्छ र यथास्थितीको नेतृत्व काग्रेसले गर्छ,एमाले विघटन भएर जाने उनले दावी गरे ।