लण्डन । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले विम्बल्डन टेनिसको उपाधि विजेता टेनिस खेलाडी एण्डी मर्रेको प्रशंशा गरेका छन् ।
अल इंग्ल्याण्ड टेनिस कोर्टमा जोकोभिच विरुद्ध मर्रेको फाईनल खेल हेर्न पुगेका प्रधानमन्त्री क्यामरुनले मर्रे राष्ट्रकै नायक भएको प्रतिक्रिया दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
ब्रिटिश खेलाडी मर्रेले विम्बल्डन टेनिसको फाईनलमा सर्वियाका जोकोभिचलाई हराँउदै उपाधि जितेको थिए । मरेंको यो उपाधि कुनैपनि ब्रिटिश खेलाडीले विम्बल्डनमा जितेको ७७ वर्षपछिको पहिलो उपाधि थियो ।
मर्रेको सफलता राष्ट्रकै लागि गौरव गर्न लायक रहेको बताँउदै क्यामरुनले यसले एउटा नयाँ पिंढीको मनोबल बढाएको बताए ।
प्रधानमन्त्री क्यामरुनले मर्रे राष्ट्रिय सम्मानको लागि योग्य रहेको बताएपनि मर्रेले बेलायतमा कस्तो सम्मान पाउछन् भन्ने यकिन हुन भने सकेको छैन ।
तस्वीरः एजेन्सी ।