त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुद्धारा १४ बुँदे प्रस्ताव प्रस्तुत

काठमाडौं  । त्रिभुवन विश्वविद्यालयमा तत्काल सुधार गर्नुपर्ने माग गर्दै प्राध्यापकहरुले १४ बुँदे प्रस्ताव अघि सारेका छन् । काठमाडौंको पद्मकन्या क्याम्पसमा भएको कार्यक्रममा प्रा.डा. महेशराज दाहाल, सह प्रा. हेमनाथ पौडेल र उप प्रा. नेत्रप्रसाद पौडेलले संयुक्त अवधारणा पत्र प्रस्तुत गर्दै तत्काल सुधार नगरे त्रिवि धरासायी हुने बताए ।


अवधारणा पत्रमा प्रशासनिक अधिकार उपकुलपति, रेक्टर र रजिस्ट्रारबाट मातहतका कर्मचारीमा विकेन्द्रित गर्नुपर्ने, उच्च शिक्षालाई राजनीति र बन्द हडतालमुक्त शान्तिक्षेत्रका रुपमा विकास गर्नुपर्ने, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको एक