आख्यानकार गगनसिंह थापाले लेखेको कर्णालीका छेउछाउ नामक पुस्तक लोकापर्ण

काठमाडौं । आख्यानकार गगनसिंह थापाले लेखेको कर्णालीका छेउछाउ नामक पुस्तक आज लोकापर्ण गरिएको छ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज पुस्तक विमोचन गरेका हुन् ।


लेखक थापाले पुस्तकमा कर्णाली बस्दाका आफ्ना अनुभूतिहरु समेटेका छन् ।


पुस्तक कर्णालीको अवस्था बुझ्नका लागि संग्रहणीय हुने भन्दै पूर्व प्रधानमन्त्री चन्दले कर्णालीको विकासमा राज्यले विशेष पहल गर्नुपर्ने माग गरे ।

 

RSS