दोलखा बुद्धिचाल प्रतियोगिताको उपाधि शेर्पालाई

दोलखा  । दोलखा बुद्धिचाल संघले आयोजना गरेको दुई दिने जिल्लास्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि स्याराङ्जु शेर्पाले जितेका छन् । 
शेर्पाले ६ चरणको खेलमा ५ दशमलब पाँच अंक जोडेर उपाधि जितेका हुन् । 
सोही प्रतियोगितामा पाँच अंक जोडेका गुणराज सुवेदी प्रोग्रोसिभ अंकको आधारमा दोस्रो भए भने समान अंक भएका शेषनाथ आचार्य तेस्रो भए । 
विजेताहरुले क्रमशः ५ हजार, ३ हजार र २ हजार पुरस्कार प्राप्त गरे ।
RSS