आज नाग पञ्चमी, घरको मूलढोकामाथि नागको चित्र टाँसेर पूजा गरी मनाउँदै


काठमाडौं – हिन्दु धर्मावलम्बीहरूले घरको मूलढोकामाथि नागको चित्र टाँसेर पूजा गरी आइतबार नाग पञ्चमी मनाउँदै छन् ।


प्रत्येक वर्ष साउन शुक्लपक्ष पञ्चमीमा बिहानै घरमा लिपपोत गरेपछि मूलढोकामाथि विभिन्न रंगले बनाइएको नागको चित्रलाई गोबरले टाँसी गाईको दूध र दुबो चढाएर पूजा गरिन्छ ।


गरुडतन्त्रै विष्णु वचनमा यस दिन घरको ढोकामाथि वा तोरणमा नागको चित्रलाई त्यसको चारै कुनामा गोबर टाँसी सिंगो सुपारी, रायोको गेडा, दुबो र गाईको दूधसमेत चढाई विधिपूर्वक पूजा गरेमा नाग र गरुडको भय नहुने उल्लेख छ ।

यस दिन विशेषगरी शंखपाल, महाकृष्णो, नन्दोपनन्द, कर्कोटक, पद्म, वासुकी, कुलिक र अनन्त नागराजाको पूजा गरिन्छ ।

 

कालीयनागको वासस्थान मानिएको काठमाडौं धापाखेलको नागदह, कर्कोटक नागको वासस्थान टौदह, नक्सालको नागपोखरी, भक्तपुरको सिद्धपोखरी, पशुपतिमा रहेको वासुकी नागलगायतमा पनि यस दिन मेला लाग्दछ ।

 

RSS

 

 




Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।