-कृष्ण खनाल
मधेसी, पहाडी हिमालका हिमाल
सयौ जाती जनजाती हामी सबै नेपाली
बुटवल । “राष्ट्रियता गणतन्त्र र लोकतन्त्रीक संविधान निर्माणका लागि राष्ट्रिय सास्कृतीक जागरण अभियान” भन्ने मुल नाराका साथ रक्तिम सास्कृतिक अभियानको राष्ट्रिय प्रशिक्षण शिविर आईतबारबाट बुटवलमा सुरु भएको छ ।
सास्कृती जागरणको लागि यहि भदौ ५ गते देखि असोज १० गते सम्म राष्ट्रिय स्तरमा जागरण अभियानको रुपमा जान लागेको टोलिको लागि पुर्वतयारी गर्नको लागि शिविर सुरु गरिएको हो । शिविरको आईतबार बुटवलमा रक्तिम सास्कृतीक अभियानका अध्यक्ष तथा जनवादी गायक जिवन शर्माले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष शर्माले देशका विभिन्न भागहरुमा करिव एक महिना भन्दा बढि सास्कृतीक जागरणका लागि रक्तिमका कलाकारहरु देश जागरणमा जाने बताएका थिए । देशभर जानको लागि ३ वटा टिम तयार हुने छन । शिवीर साउन २७ गतेबाट सुरु भई अशोज ८ गते सम्म चल्ने छ ।