काठमाडौं उपत्यका खानेपानी लिमिटेडले लामो समयसम्म खानेपानीको महशुल नतिर्ने ग्राहकहरुको खानेपानीको पाईप काट्न सुरु

काठमाडौं  । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले लामो समयसम्म खानेपानीको महशुल नतिर्ने ग्राहकहरुको खानेपानीको पाईप काट्न सुरु गरेको छ । केयुकेएलको कमलादी शाखाले आफ्ना ग्राहक मध्ये सबैभन्दा धेरै महशुल तिर्न बाकी रहेको होटल यलो पगोडाको धारा काटेको छ । 
शाखाले आज कान्तिपथमा रहेको होटलको धाराको पाइप काटेको हो । पटक-पटक पत्र पठाउदापनि सम्पर्क समेत नगरेका कारण धारा काटिएको केयुकेएलको कमलादी शाखाका प्रमुख विश्वराज जोशीले हामीलाई जानकारी दिए ।
 
होटल यलो पगोडाले ७ लाख ९० हजार रुपैया महशुल बुझाउन बाँकी रहेको छ । होटलको नाउमा रहेको सो घर पटक