सुदूर पश्चिमका विभिन्न जिल्लाहरुमा हर्लोल्लासका साथ ओल्के पर्व मनाइदै

डोटी, भाद्र १ । सुदूर पश्चिमका विभिन्न जिल्लाहरुमा हर्लोल्लासका साथ आज ओल्के पर्व मनाइदै छ । यो पर्व भाद्र संक्रान्तीको दिन मनाईन्छ । 
ओलक भन्नाले सौगात, उपहार वा कोसेली भन्ने बुझिन्छ । आफुभन्दा ठुलाबडा, मान्यजन वा जेष्ठ नागरीकलाई सम्मान स्वरुप कर्कलाको भित्री पात, फलफुल आदि दिनु, मिठो मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो ।
 वर्षा पछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसीयालीमा यस क्षेत्रमा ओल्के मनाउने प्रचलन छ । यो पर्व नेपालका अलावा भारतको कुमाउ, गडवाल तिर पनि मनाईने गरिन्छ । छोरीबेटीहरुले यसलाई माइती मान्य तिहारको रुपमा लिने गर्छन् । 
यस पर्व पछि विभिन्न चाडपर्व शरुहुने हुनाले यहाँका वासिन्दा यसलाई जेठो पर्व पनि मान्दछन् ।
RSS