साविक विजेता म्यानचेष्टर युनाईटेडका नयाँ प्रशिक्षक डेभिड मोयाजले इङ्गलिश प्रिमियर लिग फुटबल प्रतियोगितामा जीतबाट आफ्नो प्रशिक्षण यात्रा शुरु गरेका छन् । गएराति भएको खेलमा म्यानचेष्टर युनाइइटेडले स्वान्सी सिटीलाई ४-१ ले पराजित गरेपछि मोयाजको म्यान्युसँगको प्रशिक्षण यात्रा सुखद बनेको हो । गत सिजनको समाप्तीपछि सर एलेक्स फर्गुसनले म्यानचेष्टर युनाईटेडको प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
फगुर्सनको २६ बर्षे कार्यकालमा म्यानचेष्टर युनाईटेड प्रिमियर लिगकै सबैभन्दा बढी सफल टोली बनेको थियो । गएरातीको खेलमा म्यानयुलाई जिताउन रोविन भान पर्सी र ड्यानी वेल्बेकले २-२ गोल गरे भने स्वान्सीका विल्फ्रेड बोनीले सान्त्वना गोल फर्काए । प्रिमियर लिगकै अर्को खेलमा आर्सनललाई एष्टन भिल्लाले ३-१ निराश पा-यो भने लिभरपुलले स्टोक सिटीलाई, फुल्हमले सण्डरल्याण्डलाई तथा सायथह्याम्पटनले वेष्टोमबीच आल्बियनलाई १-० ले पराजित गरे ।
प्रिमियर लिगमै नर्विच सिटीले एभर्टनसँग २-२ गोलको बराबरी खेल्यो भने वेष्टह्याम युनाईटेडले प्रिमियर लिगको नवप्रवेशी टोली कार्डिफ सिटीलाई २-० ले पराजित ग



