सिंगापुरमा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा चीरपरिचित प्रतिद्धन्द्धी अफगानिस्तानसँग ३ रनले पराजित नेपाल दोस्रो खेलमा आज भारतको २३ वर्ष मुनिको टिमसँग ८४ रनले पराजित भएको हो ।
खेलमा २ सय ६९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एक सय ८४ रनमात्र बनाउन सक्यो । नेपालका लागि सागर पुनले अविजित रहँदै बनाएको ५२ रन नै उल्लेखनीय रह्यो ।
त्यसैगरी सुवास खकुरेलले २९, आकाश मण्डलले १९ तथा ज्ञानेन्द्र मल्लले १८ रन जोडे ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेकोे भारतले ५ विकेटको नोक्सानीमा २ सय ६८ रन बनायो । कमजोर बलिङको फाइदा उठाउँदै ओपनरद्धय लोकेश राहुल र उनमुक्त चन्दले पहिलो विकेटका लागि १ सय १८ रनको साझेदारी गर्ने क्रममा क्रमशः ८८ र ६१ रन जोडे ।
त्यसैगरी सूर्यकुमार यादवले ६५ रन बनाए । नेपालका लागि बसन्त रेग्मीले ३ तथा अविनाश कर्ण र शक्ति गौचनले एक