आज रक्षाबन्धन ! हिन्दू धर्मावलम्बीहरु हर्षोल्लासका साथ जनैपूर्णिमा पर्व मनाउदै


 

चेतबहादुर सिंह

 

काठमाडौं, भाद्र ५ –  हिन्दू धर्मावलम्बीहरु बुधवार जनैपूर्णिमा पर्व मनाउदै छन् । यस पर्वमा उनीहरु ब्राम्हण पुरोहितद्वारा आफ्ना नाडीमा रक्षाबन्धन नामक धागो बाँध्ने गर्दछन् । तागाधारीहरु आफ्ना गुरुद्वारा मन्त्र साधना गरिएको जनै फेर्ने गरिन्छ ।


 

पुरोहित ब्राम्हणद्वारा त्यसरी रक्षाबन्धन धागो बाँध्दा दैत्यराज बलिको दानशीलता र सत्यनिष्ठा स्मरण गराउने मन्त्र वाचन गर्ने गरिन्छ । रक्षाबन्धन धागो पुरुषहरुको दायाू र महिलाहरुको बायाू नाडीमा बाध्ने गरिन्छ ।


 यस दिन विशेष गरी तागाधारीहरुबाट सप्तऋषि गौतम, भरद्वाज, विश्वामित्र, जमदग्नि, बशिष्ठ, कश्यप र अत्रिलाई तर्पण दिने भएकाले यस पर्वलाई ‘ऋषि तर्पणी’ पनि भन्ने गरिन्छ ।


तराई भेगमा यस दिन दिदी बहिनीले आफ्नी दाजुभाइहरुका नाडिमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै स्नेहको प्रतीक ‘राखी’ बाूधिदिने गर्दछन् ।


नेवार समुदायमा भने यस पर्वलाई ‘गुन्हु पुन्ही’ भनी मास, भट्मास, मुूग, ठूलो केराउ, सानो केराउ, चना, सीमी, र बोडी गरी नौ प्रकारको गेडागुडी मिसाई पकाएको क्वाटी खाएर खाने गर्दछन् ।


यसै दिन उपत्यकाका किसानहरुले भने आ- आफ्ना खेतमा गएर भ्यागुताहरुलाई पूजा गरेर भात खुवाउने गर्दछन् । यसैले यस पर्वलाई नेपालभाषामा ‘ब्याू जाः नकेगु – भ्यागुतालाई भात खुवाउने) पर्व भन्ने पनि गर्दछन् । वषर्ायाममा कृषिउत्पादनको लागि अत्यावश्यक वषर्ा यी प्राणीको आगमनसंगै हुने र खेतमा लाग्ने विभिन्न प्रकारका कीराहरु खाई यिनले  कृषि उत्पादनमा टेवा पुर्‍याउने हुंदा यीनको पूजा गरी भात खुवाउने गरेका हुन भन्ने जनविश्वास रहेको छ ।


तर ‘रुद्रायामलतन्त्रे महादेव वचन’ कथाअनुसार प्राचीनकालमा साउन कृष्ण चतुर्दशी -गथाूमुगः)का दिन घण्टासुर अर्थात घण्टाकर्ण नामक राक्षस नेपालमा प्रवेश गरी मानिसहरुको संहार गर्न खोज्दा एउटा भ्यागुताले त्यस राक्षसलाई मार्ने उपाए बताएकाले त्यस राक्षसले केही बिगार्न सकेन र त्यसै कारणले जनैपूणर्ीका दिन त्यसरी भात खुवाउने गरेका हुन् ।


यस दिन रसुवा जिल्लामा पर्ने लामटाङ्ग हिमालयको काखमा रहेको गोसाइूकुण्ड -शिवलुती) मा ठूलो मेला लाग्दछ । साथै, गोसाइू कुण्डबाटै पानी आइराखेको जनविश्वास रहेको पाटनको कुम्भेश्वरमा पनि ठूलो मेला लाग्दछ ।


यस पर्व बौद्ध धर्मालम्वीहरुका लागि पनि त्यति कै महत्वपूर्ण रहेको छ । उनीहरु यस दिनलाई गौतम बुद्धले मार -काम)लाई पराजय गरी सम्यक सम्बुद्ध भएको दिनको रुपमा लिने गर्दछन् । त्यसैले यस दिनदेखि नौ दिनसम्म उपत्यकाका बौद्ध बहाः र बहीमा बिभिन्न देवीदेताका मूर्ति, पौःभा र धार्मीक ग्रन्थहरु प्रदर्शनमा राख्ने गर्दछन् ।
यस दिनदेखि नेवारसमुदायमा करुण रसले भरिएको ‘सिलुतीर्थ म्ये’ नेपाभाषामा गीत गाउने चलन छ ।