डडेल्धुरा । एकताको प्रतीकका रुपमा रहेको सुदूरपश्चिमको सांस्कृतिक र लोकप्रीय चाड गौरापर्व आजबाट शुरु भएको छ ।
सुदूरपश्चिमका जनता र विशेष गरी महिलाको जीवनशैलीसँग गासिएको नारीहरुको महत्वपूर्ण चाड गौरा पर्वमा भगवान शिवलाई महेश्वर र माता पार्वतीलाई गौराको रुपमा पूजा गरि भाद्र शुक्ल पञ्चमीदेखि एक हप्तासम्म मनाईन्छ ।
वैदिककालमा हैहयबंशीका दानवको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमा गौरीको आराधनाको प्रभावले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व मनाइएको हो ।
यस पर्वमा गरिने व्रतबाट सु-स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । यो पर्व आराम र आफन्तजनको भेटघाट गर्ने मेसो पनि हो ।
Agencies