काठमाडौं । बौद्ध धर्मावलम्बीहरुले बज्राचार्य, चैलक तथा शाक्यहरुलाई चामल, धान, गहुँ, सानो केराऊ नून, रोटी जस्ता अन्न दान गरी आज पञ्चदान पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध धर्मावलम्बीहरु बहा बही वा आफ्नै घर आँगनमा दीपकर बुद्ध, बसुन्धरा, करुणामयका मूर्तिहरु, पौवा आदि सजाएर राखी दिनभरी पञ्चदान गर्छन् ।
ललितपुरमा भने गत साउन शुक्ल अष्टमीका दिनमै यल, पञ्चदान भनी मनाइएको छ । काठमाडौमा भने बौद्ध मठ मन्दिरहरुमा पञ्चदान गरिदै छ ।
यस पर्वमा स्वयम्भूमा ठूलो मेला लाग्छ । विहानै श्रद्धालु भक्तजन गई त्यहाँ भगवान्का साथै अरु देवतालाई पिण्डमात्र चढाउने र लाइन लागेर बसेका शाक्य, बज्राचार्य र चौकहरुलाई समेत पञ्चदान गर्ने गर्दछन् ।
RSS