आज हिन्दु नारीहरुको महान् चाड हरितालिका तीज, हर्षोउल्लासका साथ मनाउँदै
भाद्र २३ गते, २०७० मा प्रकाशित
आज हरितालिका तीज पर्व ! नेपाली हिन्दु नारीहरुले महान् चाड हरितालिका तीज हर्षोउल्लासका साथ मनाइरहेका छन् । महिलाहरु दिनभरि पानी पनि नपिई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाची-गाई रमाइलो गरी मनाइरहेका छन् ।
पशुपतिमा विशेष भीड लागेको छ । हरित (हरण गरिएकी) आलिका (सखीद्वारा) अर्थात सखीद्वारा हरण गरिएकी पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउन गरिएको उपवास (व्रत) लाई हरितालिका तीज भनिएको हिन्दु धर्ममा उल्लिखित छ ।
हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्याकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भएपनि पिता हिमालयले भगवान् विष्णुलाई पार्वती कन्यादान दिन तयारी गरेको थाहा पाई सखीले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले श्री महादेव स्वामी पाऊँ भनी निर्जला व्रत बसेको हुनाले यस व्रतलाई हरितालिका व्रत भन्ने गरिएको पुराणमा वर्णन छ ।
हिन्दु नारीको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका व्रतमा पतिको लामो आयुको कामना गरी निराहार व्रत बसेर रातभरि आफ्नो अटल सौभाग्यको प्रतीकस्वरूप दियो, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर व्रत तोड्ने परम्परा छ । परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दु नारी निराहार र निर्जल बसी आजका दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको व्रत बस्दैछन् ।
भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरून्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ । दिनभरि पानी पनि नपिई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाची-गाई रमाइलो गरी दरका रूपमा मीठा