सन् २०२० को ओलम्पिक खेल जापानको टोकियोमा हुने

सन् २०२० को ओलम्पिक खेल जापानमा हुने

 

 सन् २०२० को ओलम्पिक खेल जापानको टोकियोमा हुने भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा सम्पन्न अन्तराष्ट्रिय ओलम्पिक कमिटिको वैठकमा भएको भोटिङमा विजयी हुँदै टोकियोले ओलम्पिक आयोजनाको जिम्मेवारी पाएको हो । 

 

 अन्तिम भोटीङमा टर्कीको ईस्तानबुललाई ३६ को विरुद्ध ६० भोटले हराँउदै टोकियो विजयी भएको हो । यसअघि भएको प्रारम्भिक भोटिङमा स्पेनको मड्रिड पराजित हुँदै अन्तिम भोटीङभन्दा अगाडि नैं आयोजनाको होडबाट बाहीरीएको थियो ।

सन् १९६४ मा पहिलोपटक ओलम्पिक आयोजना गरेको जापानको राजधानी टोकियोले अब दोस्रो पटक ओलम्पिक आयोजना गर्न पाउने भएको छ ।


यो सँगै जापान ओलम्पिक खेल दुई पटक आयोजना गर्ने पहिलो एशीयाली शहर समेत बन्नेछ । टोकियोले यसअघि सन् १९४० को ओलम्पिक आयोजना गर्ने जिम्मा पाएपनि दोसँ्रेह विश्वयुद्धको कारण उक्त खेल रद्द भएको थियो ।

 

AGENCIES