काठमाडौं । काठमाडौंको मखनमा आज एक हजार ८ जना बालिकालाई कुमारीको रुपमा पूजा गरिएको छ । मंख ज्यापु गुठीले कुमारी माजु तीनसय वर्ष पुगेको अवसरमा कुमारी पुजाको आयोजना गरेको हो ।
नेवार समूदायमा इही अर्थात बेलविवाह नगरेका बालिकाहरुलाई कुमारीको रुपमा पुजा गर्ने परम्परा छ ।
कुमारी पूजामा गुठीको तर्फबाट कुमारीहरुलाई समयबजी र फलफूल वितरण गरेपछि श्रद्धालु तथा भक्तजनहरुले आआफ्नो इच्छाअनुसार मिठाई, फलफूल, बिस्कुट, चक्लेट तथा पैसा दान गर्ने गर्छन ।
कुमारी पुजा गर्दा देशमा अनिष्ट नहुने, बालिकाहरु निरोगी हुने, जीवनमा बाधा अड्चन नआउने विश्वास गरिन्छ । महायानी बौद्ध परम्परामा कुमारीलाई व्रजदेवी, उग्रतारा, सरस्वती, वसुन्धरा, अजिमा र शक्ती देवीको रुपमा लिइन्छ ।
RSS