नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ ब्यक्तित्व गायक तथा संगीतकार फत्तेमान राजभण्डारीको पशुपति आर्यघाटमा अन्त्येष्टी

काठमाडौं   । नेपाली सांगीतिक क्षेत्रका वरिष्ठ ब्यक्तित्व गायक तथा संगीतकार फत्तेमान राजभण्डारीको गएराती निधन भएको छ । उनको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । गायक राजभण्डारीप्रति अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पशुपति पञ्चदेवलमा राखिएको थियो ।  मन्त्रिहरु, राजनीतिक दलका नेताह, सरकारी अधिकारीहरु, सांगीतिक क्षेत्रका विभिन्न ब्यक्तित्वहरु, कलाकारहरु तथा सर्वसाधारणले स्वर्गीय राजभण्डारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । राजभण्डारीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।
फोक्सोको क्यान्सरबाट पीडित ७७ वर्षिय गायक राजभण्डारीको उपचारका क्रममा गएराति १२ बजेर ५० मिनेट जाँदा राजधानीको ओम अस्पतालमा निधन भएको हो ।