काठमाडौं । मेसिनरी तथा उपकरणहरु प्रयोग गर्नेहरुले आज विश्वकर्मा पुजा गर्दैछन् ।
यस पर्वमा उद्योगधन्दा, कलकारखाना तथा मोटरलगायतका उपकरणको पूजा गर्नाले विश्वकर्मा बाबा प्रसन्न भई वर्षभरी लाभ दिने तथा चोटपटक नलाग्ने जनविश्वास रहिआएको छ ।
विश्वकर्मा पूजाका लागि बुटवलको सिद्धबाबा, नवलपरासीको दाउन्ने, दाङको मुसोटलगायतका मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ । मेसिनरी तथा उपकरणहरुमा पुजा गरेर मात्रै आज प्रयोगमा ल्याउने गरिन्छ । RSS