हिन्दूहरुको दोस्रो ठुलो चाड तिहारको अन्तिम दिन आज भाइटीका

काठमाडौं  – तिहारको अन्तिम दिन आज भाइटीका । दिदी-बहिनीले दाजुभाइलाई सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै पूजा गरी निधारमा सप्तरंगी ठाडो टीका र गलामा मखमलीको माला पहिराई मिठाइ भोजन गराउने चलन छ ।
नेपाल पञ्चांग निर्णयक समितिले भाइटीकाको उत्तम साइत मंगलबार बिहान ११:२७ बजे रहेको जनाएको छ । पाँचदिने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन शुक्रबारबाटै देशभर घर, चोक, बस्ती र नगर जताततै बत्तीले झिलिमिली पारिएको छ । तेस्रो दिन आइतबार बिहान गाईपूजा र साँझ लक्ष्मीपूजा गरियो । नाचगानसहित भैलो खेलियो । 
चौथो दिन सोमबार गोवर्धनको पूजामा गोबरको पहाड बनाएर पुजिन्छ । बहर र बलिराजाको पनि पूजा गरिन्छ । नेवार समुदायमा म्ह: पूजा हुनेछ ।  RSS