काठमाडौं, माघ १७ । तामाङ समुदायको नयाँ वर्ष २८५०औं सोनाम ल्होसार आज देशभर मनाइँदै छ । यस वर्षको पर्वमा घोडा वर्षलाई स्वागत गरिन्छ । मञ्जुश्रीले चन्द्र पात्रोको विकास गरी त्यसलाई धर्मदेशनाका रुपमा बाहिर ल्याउने कार्य गरेको स्मरणमा यो वर्ष मनाउने गरिएको विश्वास छ ।
तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा राष्ट्रपति डा. रामवरणव यादवले सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । उनले तामाङ समुदायले आफ्नो परम्परा अनुसार मनाउँदै आएको सोनाम ल्होसारले तामाङ समुदायको पहिचानलाई प्रगाढ बनाउने तथा हिमाल पहाड तराईमा बस्ने नेपालीबीच बन्धुत्वको भावना बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
IMAGECHANNELS