वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची (२०७० माघ १७, शुक्रवार) । निर्वाचन आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले जेठ भित्रै स्थानीय निकायको निर्वाचन गर्न आयोगले तयारी गरिरहेको बताए । उनले सरकार र दलका शीर्ष नेताहरुसँग छलफल भैरहेको पनि बताए । उनले निर्वाचनमा विद्युतीय यन्त्र प्रयोग हुनसक्ने पनि बताए । संविधानसभाको निर्वाचन सम्पन्न गर्नमा सञ्चारकर्मीले खेलेको भुमिका महत्वपुर्ण रहेकोमा प्रशंसा गरेका थिए ।
सरकारले छिटो मिति तोकिदियोस, उप्रेतीले सन्धिखर्कमा रिपोर्टर्स क्लवको साक्षात्कारमा बोल्दै भने, मिति तोकेर भनियोस हामी स्थानीय निकायको निर्वाचनको तयारीमा गृहकार्य गरिहेका छौ । लोकतन्त्रलाई जगैबाट स्थापित गर्न स्थानीय सरकारको निर्वाचन हुनुपर्ने बताउदै दलका शीर्ष नेतासँग बारम्बार छलफल भैरहेको र छिटै चुनाव हुने दावी गरे । देशभर ४ हजार ७ सय २१ स्थानीय सरकार गठनको लागि एक महिनाको अवधीमा चार पटकमा चुनाव सम्पन्न गर्ने बताए ।
उनले माघ १५ गते देखी मतदाता नामावली अध्यावधीक गर्ने, नयाँ परिचयपत्र वितरण गर्न फेरी गाउँ जाने योजना रहेको उप्रेतीको भनाई छ । संविधानसभाको निर्वाचन कस्तो भयो, मतदाताले के भन्छन भनेर सरकारी विदाको बेला पनि जिल्ला दौडाहमा हिडेको उनले बताए । पाल्पाबाट शुरु गरी गुल्मीबाट शुक्रवार अर्घाखाँची आएका हुन । उनी प्युठान हुदै चितवनसम्म जानेछन । कार्यक्रम रामकुमार क्षेत्रीको अध्यक्षता र वीरेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Copyright 2014 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।