बाबु रोका मगर”अपरिचित”
आज भन्दा सात बर्ष पहिले (प्रमिला) मेरी श्रीमती र मेरो लभ मेरिज भएको थियो |हामीले सँगै जिउने सँगै मर्ने बाचा कसम खाएर लभ बाट मेरिज मा परिणत भएका थियौ त्यो पनि मेरो घरपरिवार बाबाआमा को इच्छा बिपरित | छोराले अर्काकी छोरी उठाएर ल्याइ हाल्यो भित्र्याउन्न भन्न पनि भएन गाउघर समाज सबैतिर हेर्नु पर्ने हाम्रा पनि छोरी चेली छन भन्दै हामी दुई जना लाई भित्री मनले नचाहेर पनि स्विकार गर्नुभयो |
लभ गर्दाखेरी को समयमा आफ्नी प्रेमिका सँग डेटिङ जान उ सँग मायाप्रिती का कुराहरु सेयर गर्न लुकी-लुकी एकान्त ठाँउमा भेट हुन खुब रमाइलो लाग्थ्यो जिन्दगी सधैंभरी यसरी नै चल्छ जस्तो लाग्थ्यो | आफ्नी प्रेमिका बाहेक अरु कुनै सिनेमा को हिरोइन या स्वर्गकी परी नै भएता पनि कसै माथि नजर पर्दैन थ्यो मलाई यस्तो लाग्दथ्यो र उसलाई पनि | त्यतीबेला हामी दुवैजनाको मन का कुरा पनि ठ्याक्क मिल्थ्यो | तर जीन्दगी हामीले सोचे जस्तो त कहाँ हुँदो रहेछ र ? एउटा ज्यान थियो बाबाको कमाइ मा फुरुली मार्दै खेलेको मान्छे बिहे पछी दुई वटा ज्यान भयो | बिहे अघी एउटा चाउ-चाउ र कोक पुग्थ्यो बिहे पछी दुई वटा चाउ-चाउ दुई वटा कोक हुन थाल्यो आफ्नो फुटी कौडी को कमाइ छैन खर्च माथि खर्च बढ्न लाग्यो | आफ्नो देश मा गरिखाने कुनै बाटो छैन न कुनै रोजगार अंत मा त्यही बिदेश को मुख ताक्नै पर्ने भयो |
बिहे भएको डेढ बर्ष पछी घोर्ले छोरो पनि भयो ए बा…. यस्तो आपत पर्न लाग्यो एउटा बाट दुई-तिन वटा भईयो अझै कती हुने हो? अब यसरी काम लागेन भनेर मैले बिदेश जानु पर्यो भनी पास्पोर्ट बनाएर भिजा पनि लगाए खाडी मुलुक सउदी | मेरी श्रीमती (प्रमिला) र घरका बाआमा सबै को सल्लाहा अनुरुप यसो त्यसो रिण धन गरेर साउदी को तातो हावा खान आइपुगे नोकरी पनि ज्वाइन् गरे कमाइ ठिकै थियो | आएको एक बर्ष न पुग्दै तीन लाख घर पठाएको थिए जसमा दुई लाख बाआमा को नाम मा एक लाख श्रीमती को नाम मा | “पैसा” यो पैसाले पनि मान्छेहरुलाई कहाँ बाट कहाँ पुर्याउदो रहेछ नसोचेकै हुँदो रहेछ नि बा… बा.. बा….एक्लै लखर-लखर गाउँ मा डुल्दै घुम्दै खान पुग्थ्यो बिहे भयो केटाटी हुन लाए आखिर चाहिने त यही पैसा नै हो रहेछ |उतिखेर लभ गर्दा त त्यो पैसा भन्ने केही होइन आज छ भोली छैन हातको मयल हो तर हाम्रो माया भनेको त जुनी-जुनी सम्म पनि न छुट्ने अजम्बरी माया हो यो माया लाई संसार को कुनै पनि ताकत ले रोक्न सक्दैन यस्तै प्रेमपूजा को पूजारी भएर हिंड्ने मान्छे अहिले त माया न छाँया मायाले खान लाउन र मज्जाको जिन्दगी जिउन दिने भए यो ५५ डिग्री को तातो मा जानी जानी पग्लिन किन आउथे र ?
जब मैले घर परिवार र श्रीमती को लागि केही गर्छु भनेर दिन रात नभनी भोक प्यास नगनी साउदी को तातोसँग सिनाजुरी गर्दै दिन महिना बर्ष बिताउन पुगे | घर मा चाँही मेरी श्रीमती मैले खुन पसिना बगाएर कमाएको पैसामा पौडी खेल्दै रंगिन रात बिताउन कहिले कहाँ कहिले कहाँ? मलाई माया गर्छु भन्ने मेरी श्रीमती प्रमिला को रामलीला हुन थाले छ | हप्ता पिछे सदरमुकाम आउने बुढोले कमाएको पैसा उडाउने त्यो पनि नाठो सँग बसेर मोरो नाठो पनि ड्राइभरी गर्दो रहेछ त्यती भएपछी अरु के चाहियो र कान्छी सिटमा बसेर घुम्या छ यस गर्या छ घर मा मेरा बाआमा सँग सिलाई कटिङ सिक्न थाले कि छु भनेर झुट बोलेर विश्वाश दिलाएकी रहेछे सोझा बाआमा ले होला तनी भनेर उ माथि कुनै शंका को नजरले हेर्नु भएनछ बुहारी घर बाट बिहान निस्कन्थी साँझ एकै पटक सुत्ने बेला खाना पनि बाहिर खाएर आउथी कहिलेकाँही रात पनि अन्तै बिताएर आउदी रहेछे | मेरी साथी अथवा मेरी सानीमा को घरमा गएकी थिए भनेर झुट बोल्दी रहिछे | घर मा त्यो सानो तीन बर्ष को नाबालक छोरोलाई छोडेर आफु चाँही मौज मस्तिमा ब्यस्त हुदो रहेछी | अझ गाउँ बाट सदरमुकाम,शहर मा आफ्ना श्रीमती राखेर आफु बिदेश बस्ने नेपाली दाजुभाइ हरुको त झन बिजोक पो भएको होला?
एक दिन मैले नेपाली समय अनुसार राती को दश बजे साउदी बाट फोन गरे कुराकानी राम्रै भयो मत्लव मलाई कुनै त्यस्तो शंका गर्नु पर्ने किसिम को कुरा थिएन मैले सबै हालखबर सोधे अनी बाबुछोरो के गर्दै छ? भन्छे छोरो ले भर्खर दुध खाएर सुतेको छ यस्तै कुरा गर्दै थियौ त्यतिकै मा फोन टुँ-टुँ गरेर काटियो | मैले फेरी डायल गरे फोनमा रिङ्ग गैरहेको थियो उताबाट फोन उठ्यो फोन उठेको त रहेछ तर गल्तीसँग मत्लव उसलाई थाहा नै भएन के गर्न लागेकी थि कल रिशिभ को बटन दबिएछ मैले यता बाट हेलो हेलो भनी रहे तर उताबाट कुनै जवाफ आएन एक्कासी मेरो कान मा लोग्ने मान्छे र उ पनि सँगै हाँसेको आवाज आयो म झुक्किएकी के हो भनेर मोबाइल को स्क्रिन मा हेरे नम्बर र नाम सेभ गरेको नाम त उही छ | मैले पनि हतपत्त भ्वाइस रेकर्ड गर्न सुरु गरे उनिहरु अश्लील शब्द भन्न न हुने शब्द (बिप) प्रयोग गर्दै जिस्की रहेको संकेत आइरहेको थियो चप्प,चप्प किस गरेको आवाज जस्तो पनि सुनिन्थ्यो भन्छे ऐयाsss. कसरी टोक्या हो के? यती बेस्सरी न अठ्ठाउनुस्(न समात्नुस्)उता त्यो मोरो नाठो लागि परीरहेको छ | फेरी भन्छे म पनि कस्ती मान्छे मेरो बुढो म माथि कती विश्वाश गरेर बिदेश गएका थिए बिदेश बाट पैसा पनि पठाइ रहन्छन म भने को मान्छे सँग यस्तो ….? केटो ले भन्छ ए तिमी पनि उता बाट तिम्रो बुढाले टन्न पैसा कमाएका छन र पो तिमी र म यसरी मज्जा सँग लडिबुडी खेल्न पाएका छौ हेर तिमी मात्र होइन तिमी जस्ती कयौ बिदेश गएका आईमाईहरु यस्तै मोज गर्छन् मरी लानु के छ र? तिम्ले र मैले झै आफ्नो प्यास मेटाएका छन फेरी म त तिम्रो कान्छो बुढो पो त मेरो पनि त फर्ज बन्छ नि तिमीलाई खुशी पार्ने भन्दै फेरी कुन्नी के गर्न पुग्यो बजियाले? उसले भन्छे अँ होला ….? केटो ले फेरी भन्छ ल अब काम सुरु गरौ न है | फेरी यतीकैमा मेरो मोबाइल टुँ-टुँ गरेर रोकियो उतातिर के- के भयो पत्तै भएन यता मेरो मोबाइल मा ब्यालेन्स सकिएछ |
यता मलाई हुनेहार भयो आफ्नै स्वास्नी पराइ परम पुरुष सँग मौज गरेको आफ्नै कान ले सुन्नु पर्दा कस्लाई पो चित्त दुख्दैन र? म त्यहाँ भईदिएको भए त्यसलाई तीन टुक्रा पारी दिन्थे |मेरो खुन उम्लेको थियो मलाई रात भरी निन्द्रा लागेन मलाई अब थाहा भयो यो माया प्रिती अनी महिलाको रुप कस्तो हुन्छ भन्ने आफुले चाहे भने जस्तो सुकै कदम उठाउन पछी न हट्ने त्यस्तो विश्वाश ले गरेको माया बिहे क्षेण भरमै समाप्त भयो | म भने साउदीको तातो रापमा उ भने पराएको तातो काखमा छि यो आईमाई को जात? अब म भोली नै कम्पनी मा कुरा गरेर घर जाने चाजोपाजो मिलाउछु अर्को दिन कम्पनी मा कुरा गरेर छुट्टी जाने निधो गरे घर मा पनि कसैलाई थाहा न दिई सिदा काठमान्डौ आए अब यस पातकी लाई घर बाट न निकाली छड्दिन काठमान्डौ बाट नाइट बस चढेर अर्को दिन बिहान सदरमुकाम खलंगा आइपुगे म सँग सानो झोला थियो देख्ने मान्छेहरु लाई पनि लागेको थिएन कि म बिदेश बाट आउँदै छु सदरमुकाम खलंगा बाट ढाइ घण्टा को यात्रा पछी मेरो गाउ आउछ | त्यहाँ एक जना अन्जान ब्यक्ती ले मलाई सोध्यो मैले आफ्नो गाउ को नाम बताए उसले हाँस्दै भन्यो ए हो र? म पनि त्यो गाउँ मा गएको छु खुब राम्रो लाग्छ त्यहाँ एक जना बहिनी छीन उन्लाई यो फल्फुल किनेको थिए त्यो गाउँको कोही भेटिन्छ कि भनेर आएको थिए तपाईं भेटिनु भयो झन राम्रो भयो हुन त म गाडी चलाऊछु आज मेरो रुट त्यता परेन त्यसैले दु:ख नमानी लैदिनुस् है उसले त्यती भन्दै फल्फुल मलाई सुम्पियो | मैले भने अनी को हुन तपाईंकी बहिनी? ए मैले उनको नम्बर दिन्छु यसै मा फोन गर्नु होला र बोलाउनु होला अनी दिनु होला | म त सोझो मान्छे हुन्छ भनेर ल्याय उसले फोन गरेर भन्दै थियो मैले तिम्रो गाउको एक जना दाई सँग समान पठाएको छु तिम्रो नम्बर पनि दिएको छु फोन गरेर बोलाउनुहुन्छ तिमी आएर लिनु है म पर्सी तिर आउछु अनी भेट हौला भन्दै फोन राख्यो |
ढाइ घण्टा को यात्रा पछी म घर आइपुगे स्वास्नी पर्ने चाँही सिङार पटार गरेर खै कहाँ जान लागेकी हो कुन्नी मलाई अचानक देख्ने बितिकै उ अली डराए को जस्तो गरी र अक्मकीदै बोली त.. त.. तपाईं अचानक आउनुभएछ कुनै खबर नगरिकन? ति कुरा पछी गरौला अनी कता को साइत गरेकी ? भनेर मैले त्यो मान्छेले दिएको नम्बर डायल गरे फोन त्यसै को हात मा बज्छ अचम्म छ बा… मैले हेलो भने उसले पनि हेलो भन्छे मैले तुरुन्त फोन कटेर उसलाई सोधे यो नम्बर कस्को हो? उ भन्छे यो नम्बर त मेरो हो ए बल्ल थाहा भयो उतिबेला थाहा भएको भए उसलाई त्यही सिध्याइ दिन्थे थुक्क पातकी तैले हाम्रो जिन्दगीलाई बर्बाद गरिस हैन बड नाठो खेलाउदै हिंड्ने? उ भन्छे के कुरा गर्नु भएको? जे पायो त्यही न बोल्नुस्? मलाई झन रिस उठ्यो ए म जे पायो तेही बोले? मैले त्यो रेकर्ड गरेको आवाज सुनाउदै भने त्यसो भए यो सही होलानी ? याद गर यो आवाज लाई तलाई विश्वाश गरेर ठुलो भुल गरे छु त आजै अहिले नै घर बाट निस्कीहाल तेरो सकल देख्न चाहन्न म | यस्तै केही बेर भनाभन भयो गाउले सबै ज&am