नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई टोयोटा कार पुरस्कार

काठमाडौं, फाल्गुन १५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई वैद्य अर्गनााइजेसनले टोयोटा कार पुरस्कार दिने भएको छ । वैद्य अर्गनाइजेसनले विश्वकपमा छनोट भइ उत्कृष्ट प्रदर्शन गर्ने टोलीका एक खेलाडीलाई टोयोटा कार दिने पूर्व घोषित कार्यक्रम अनुसार पारसलाई कार दिन छनोट गरिएको जानकारी दिएको हो ।
त्यस्तै, आसन्न विश्वकपमा नेपाल दोस्रो चरणमा पुग्न सफल भएको खण्डमा पनि उत्कृष्ट प्रदर्शन गर्ने टोलीका अर्का एक खेलाडीलाई कार दिने घोषणा समेत वैद्य अर्गनाईजेसनले गरेको छ ।
यसैबीच, विश्वकप ट्वेन्टी