लाटोकोसेरा संरक्षणका लागि महोत्सव हुदै

-कृष्णप्रसाद भुसाल
स्थल जीवविज्ञ
नेपाल पंक्षी संरक्षण संघ, लाजीम्पाट, काठमाडौं
नेपालमा पाईने ८७१ प्रजातीका चराहरुमध्ये २१ प्रजाती लाटोकोसेराहरु नेपालको हिमाल देखी तराई सम्मका विभिन्न भु भागमा पाईन्छन । शिकारी चरा समुह अन्र्तगत पर्नेे यी सबै चराहरु हाम्रो देशमा लाटोकोसेराको नामले मात्र नभई कोचलगाँडे, हुचिल, कोइरालो, उल्लु, डुन्डुल आदि विभिन्न नामले चिनिन्छन । ठूला खाले लाटोकोसेराहरू सबैभन्दा बढी आयु भएका चरा प्रजातिमा पर्दछन् । यिनीहरू ७० वर्ष र त्यो भन्दा बढी बाँच्न सक्ने विभिन्न अध्यान तथ्याड्ढले देखाएको छँ । लाटोकोसेराहरु खासगरी हाम्रो वरिपरी पाईने कतिपय हानिकारक किराफट्यांग्रा, साना जीव र मुसाहरुलाइ आहार बनाई पारिस्थितीक प्रणाली सन्तुलित राख्न र सनातन खाद्यचक्रलाई गतिशिल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका हुन्छन । लाटोकोसेराको खाद्यचक्रमा सम्पूरकको भूमिका हुने हुदा यिनीहरुको अभावमा आश्रीत शृङखलामा रहेका अन्य प्राणीको जीवन पद्धतीमा समेत गम्भिर प्रभाव पर्दछ । कृषिप्रधान देश नेपालमा यी चरा कृषकको उपयोगि साथि र कल्याणकारी पन्छी हुन । एक जोडि बयस्क लाटोकोसेराले चार महिनाको समयावधिमा तिन हजार मुसाहरु खाने एक अध्ययनले देखायको छ । मांसाहारी चराको रुपमा रहेका लाटोकोसेरा पुराना जगंलका सूचक पनि हुन । पुराना वन जगंल सँग सम्बन्धित धेरै लाटोकोसेराहरुलाई प्राकृतिक स्रोत व्यवस्थापनमा संगलग्न सस्थाहरुले त्यस्ता वनजगंलहरुको स्वास्थ्य तथा भाग्यको सुचना दिने चराको रुपमा लिने गरेका छन ।
 उदारहणका लागि भारतीय उपमहाद्धीपका वन क्षेत्रमा बस्ने चश्मे उलूक धेरै पुराना र मान्छेको आवतजावत एकदमै कम भएका सालका जगंलमा बस्दछ । लाटोकोसेरो पर्यावरणीय दृष्टिले मात्र नभई सास्कृतिक र ऐतिहासीक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । संसारका धेरै सभ्यताहरुमा लाटोकोसेराले अन्धकारमा देख्ने शक्तिको अज्ञानता चिर्ने विद्धता र ज्ञानको प्रतिनिधित्व गर्दछ । जापानका घरहरुमा अनिकाल र महामारी जस्ता प्राकृतिक विपत्तीहरुलाई टाढा भगाउन लाटोकोसेराका तस्वीर राख्ने चलन छ । स्लाभियाली सस्कृतिअनुसार लाटोकोसेरोले मृत्यु र दैवी प्रकोपको पूर्व संकेत दिने विश्वास गरिन्छ । मध्य एसियातिर हाप्सिलोको छाति र पेटको प्वाँखले बच्चा र गाईबस्तुहरुलाई दुष्टात्मा विरुद्ध रक्षा गर्ने जनविश्वास पाइन्छ । हिन्दु सस्कृतिमा पनि लाटोकोसेराको स्थान सम्मानजनक छ । धनकी देवी लक्ष्मीको बहानको रुपमा लाटोकोसेरोलाई पुजिन्छ । यसको स्वरलाई पौराणिक साहित्यमा गायनकलाको स्वरसाधनाको निम्ती सहयोगि हुने कुरा पुराणमा जनाइएको पाइन्छ । इसाई धर्ममा लाटोकोसेरोलाई प्रभु येसुको ज्ञानको प्रतिनिधि पात्रको रुपमा हेरीन्छ जुन जीवनको अन्धकार हटाउन महत्वपूर्ण थियो ।  
नेपालका लाटोकोसेराहरू खाँसगरी बासस्थान विनाश, आहाराको कमी, कृषिमा प्रयोग हुने रासायनिक मल र विषादीको बढ्दो प्रयोग, अवैध चरा व्यापार र मौषम परिवर्तन जस्ता कारणहरूले गर्दा लोपोन्मुख अवस्थामा पुगेका छन् । नेपालमा चराहरूको अवैध व्यापारमध्ये लाटोकोसेराको व्यापार सबैभन्दा बढी भएको पाईन्छ । यसको व्यापार हालका वर्षहरूमा अरु स्तनधारी जनावरहरुको अवैध व्यापारकै हाराहारीमा रहेको पाइन्छ । लाटोकोसेराको बढ्दो व्यापारले धेरै वर्ष अघि देखि हुदै आएको दुर्लभ गैंडा र बाघको अवैध कारोबारको सम्झना गराउछँ । अवैध व्यापारको मारमा परी नेपालका ठूला खाले लाटोकोसेराहरू (हुचील, हाप्सिलो, महाकौशिक, भासोलूक, उलूक र कालपेचक) लोप हुने अवस्थामा छन्ँ । लाटोकोसेराको कुनै पनि अंगको औषधीय उपयोग र अदृष्य तान्त्रीक शक्तिबारे कुनै वैज्ञानिक आधारहरु छैनन र यस खाले प्रयोगको धारणा जनमानसमा विधमान अन्धविश्वास र भ्रम मात्र हो । अरब मुलुकहरूमा घरपालुवा पंक्षीको रुपमा र केही प्रयोगशालामा राती मात्र आँखा देख्न सक्ने क्षमता बारे अध्ययन अनुसन्धानको लागि यसको माग बढिरहेको संकेत देखिए पनि यस जातिसम्बन्धी वैज्ञानिक वा प्रयोगात्मक अध्ययन गर्ने कुनै संस्था पनि हालसम्म आधिकारिक रुपमा आएको छैनँ । यद्यपी यसको बढ्दो ब्यापारको संजाल केले गर्दा बढेको हो किटान गर्न गाह्रो छँ । यसरी दु्रतगतिमा लाटोकोसेराहरूको व्यापार के