मकवानपुर प्रजिअको बधाई तथा सुभकामना कार्यक्रम

सर्वोत्कृष्ट जीवन : शाश्वत चिनतनका आजीवन सदस्य तथा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी एक नारायण अर्याल लाई सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान तथा मानवसेवा आश्रम)ले एक समारोहका वीच बधाई तथा कार्यकालको शुभकामना ज्ञापन कार्यक्रम गरेको छ । 
कमवानपुर जिल्लाका प्रजिअ रहेका एकनारायण अर्याल नेपाल सरकारका गृह मन्त्रालयमा सहसचिबको रुपमा बडुवा भए लगतै साँचो जीवननिर्माण अभियानले बधाइ तथा शुकामना ज्ञापन कार्यक्रम गरेको हो ।  अभियानका अभियन्ता तथा प्रशिक्षक अंशु कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा आजीवन सदस्यहरु आचार्य ॐकारेश्वरानन्द, अरुणराज सुमर्गी, आजीवन सदस्य तथा  साहायक प्रजिअ हरी प्रसाद भण्डारी, सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तनका केन्द्रीय सचिव तथा मकवानपुर जिल्ला संयोजक रामजी अधिकारी लगाएतले मन्तव्य राख्नुभएको थियो । 
हेटौंडा नगरपालिकाका सामाजिक विकास अधिकृत ब्रुव भुजेल, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापा , अभियानका आजीवन सदस्य प्रमिला पौडेल लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा अभियन्ता तथा प्रशिक्षक रुपा केसीले सवागत गित बाट अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । मन्तव्य राख्ने क्रममा प्रजिअ एकनारायण अर्यालले आफुलाई हाकिमको कृपा होइन जनताको माया मनपर्ने कुरा व्यक्त गर्दै सामाजिक कामहरुमा खुलेर सहयोग गर्ने प्रतिकृया दिदै सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान)ले मकवानपुर जिल्लामा सम्पादन गर्दैआएको कार्यबाट सदैव प्रभावित हुदै आएको र यो संस्था मेरो आफ्नै संस्था भएकोले भौतिक रुपमा जति टाडा रहेपनि भावनात्मक रुपमा सदैव संगै रहने जानकारी दिनुभयो । 
धरै मन भएर पनि मैले आश्रममा आश्रित लक्ष्मीनारायण हरुलाई नागरिकता उपलव्ध गराउन नसकेको भन्दै गृह मन्त्रालयमा रहदा पनि यसको लागी पहल गर्ने प्रतिवद्घता समेत प्रजिअ एकनारायण अर्यालले गर्नुभयो ।