चैत्र १४ । बंगलादेशमा जारी ट्वेन्टी-२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो हार ब्यहोरेको छ । लगातार हार बेहोर्ने क्रममा अष्ट्रेलियालाई आज वेष्ट इन्डिजले ६ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको ४५ रनको मद्दतले ८ विकेट गुमाएर १ सय ७८ रन बनायो । जवाफमा वेष्ट इन्डिजले दुई बल खेल्न बाँकी छँदै ४ विकेट गुमाएर विजय हासिल गर्यो ।
क्रिस गेलले ५३ रन बनाएको वेष्ट इन्डिज इनिङमा पाँचौं विकेटका लागि १९ बलमा अविजित ४९ रन बनाउने क्रममा ड्यारेन सामीले १३ बलमा ३४ तथा द्याने ब्राभोले १२ बलमा २७ रनको योगदान दिए ।
जितसँगै वेष्ट इन्डिज तीन खेलमा दुई खेल जित्दै समूह