काठमाडौंको तुक वहालमा २७५ जना कुमारीको रुपमा सामूहिक पूजा

काठमाडौं, चैत्र २५ ।  राजधानी काठमाडौंको तुक वहालमा आज २ सय ७५ जना कुमारीको रुपमा सामूहिक पूजा गरिएको छ ।
 हयूमत मिसा पूचले कार्यक्रमको आयोजना गरेको हो । । नेवारी परम्परा अनुसार बेलबिबाह गर्नु अघि कुमारी पूजा गरिन्छ ।
कुमारीहरुलाई समयबजी र फलफूल वितरण गरेपछि श्रद्धालु तथा भक्तजनहरुले आआफ्नो इच्छाअनुसार मिठाई, फलफूल, बिस्कुट, चक्लेट तथा पैसा दान गर्नेै परम्परा छ । परम्परागत संस्कृती कुमारी पूजालाई निरन्तरता दिन र यसको संरक्षण गर्न सामूहिक रुपमा कुमारी पूजाको आयोजना गरिएको आयोजकहरुको भनाई छ । IMAGEKHABAR