भक्तपुर, चैत्र २७ । भक्तपुरको प्रसिद्घ सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्केट जात्रा आज सांझदेखि भक्तपुरमा शुरु भएको छ । लिच्छविकालदेखि चल्दै आएको विस्केट जात्रा ८ रात ९ दिनसम्म चल्ने छ । नेपालको संस्कृतिलाई चिनाउने महत्वपूर्ण जात्राहरु मध्ये एक मानिने बिस्केट जात्राको पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानिने छ ।
काठै काठले प्यागोडा शैलीमा निर्माण गरिएको ३ तल्ले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई राखी पाँचतल्ले मन्दिर प्राङ्गणवाट तानेर नगर परिक्रमा गराइन्छ । यो बर्ष विस्केट जात्रा सौहार्दपूर्ण रुपमा सम्पन गर्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा व्यवस्था कडा पारेको छ ।
रथको अगाडि भागमा ६ वटा र पछाडी चार वटा लामो डोरीको सहायताले रथ तानातान गर्नु नै यस जात्राको मुख्य आकर्षण हो । । यसरी तानेर रथलाई तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ । IMAGEKHABAR