प्रमुख जिल्ला अधिकारीमा ज्ञानप्रसाद ढकाल । तस्बिर: जिल्ला प्रशासन कार्यालय, मनाङ
सन्धिखर्क, अर्घाखाँची २०७१ वैशाख, २२ सोमबार । सरकारले प्रमुख जिल्ला अधिकारीको व्यापक हेरफेर गरेको छ। जस अनुसार अर्घाखाँचीको नयाँ प्रमुख जिल्ला अधिकारीमा ज्ञानप्रसाद ढकाल आउने भएका छन्। ढकाल यसभन्दा अगाडि मनाङमा थिए ।
गृह मन्त्रालयले काज सरुवा पाएका उनलाई आइतबार पत्र थमाएको हो। नरपानीको जगतमा १९ जनाको ज्यान जाने गरी भएको विभत्स दुर्घटना भएको एक हप्तामा नै उनी अर्घाखाँचीमा आएका हुन।
साथै प्रजिअ सागरमणि पराजुलीलाई दैलेख सरुवामा गरिएको छ।
गृह मन्त्रालयले शुक्रबारको निर्णयअनुसार ३२ जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई काजमा खटाएको हो।