अर्घाखाँचीमा अब उपभोक्तको स्वास्थ्यमा खेलवाड गर्ने, सेवाग्रहीमा ढिलासुस्ती र नियम बिपरितका काम गर्ने जो कसैलाई पनि कारबाही गरिने

– प्रेमनारायण आचार्य

 

सन्धिखर्क, अर्घाखाँची ७ जेष्ठ । उपभोक्तको स्वास्थ्यमा खेलवाड गर्ने, सेवाग्रहीको काममा  ढिलासुस्ती गर्ने र नियम बिपरितका काम गर्ने जो कसैलाइ पनि कारबाही गर्ने अर्घाखॉचीका प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालले बताएका छन् ।

 


सन्धिखर्कको मिडियाचोकमा सडक छेउमा बेच्न राखिएका माछा ।  तस्बिर: अर्जुन भुसाल, अर्घाखाँची डट्कम

 

उपभोक्तको स्वास्थ्यमा ख्यालै नगरि बढि नाफा कमाउने उदेश्यका साथ दैनीक उपभोग्य सामाग्री तथा अन्य समाग्रीका पसलहरुमा मुल्य सुची नराखिएको, सामानको दररेट पसलै पिच्छे  फरक भएको भन्ने उपभोक्तहरुले गुनासो गरे पछि प्रजिअ ढकालले कारबाही गर्ने बताएका हुन ।

राष्ट्रिय मानव अधिकार उप क्षेत्रिय कार्यालय बुटवलको आयोजना ईन्सेक अर्घाखॉची र उपभोक्ता हित संरक्षण मञ्चको समन्वयमा उपभोक्ता अधिकारको बर्तमान अवस्थामा सरोकारवालाको दायित्व विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लामा सरकारी कार्यालयमा देखीएको वेवास्ता र लापवार्ही हुने गरेको सहभागीहरुले बताएपछि कानुन अनुसार कार्वाही गर्ने प्रतिवद्धता प्रमुख जिल्ला अधिकारी ढकालले गरे ।


कार्यक्रममा स्थानीय विकास अधिकारी हेमराज भुसाल, सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनाल, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य कृष्ण श्रेष्ठ लगाएतले मन्तव्य राख्दै बजार व्यवस्थापनमा देखीका समस्या हल गर्न आफुहरु लागी पर्ने बताएका थिए ।


उपभोक्ता समितीका मोती खनाललको अध्यक्षता, ईन्सेक प्रतिनिधी नारायण भुसालको संञ्चालनमा सम्पन्न कार्यक्रममा आयोगका दिपकजंग कार्की, चन्द्रकान्त चापागाई,पशु सेवा कार्यालयका प्रमुख रामवरण मण्डल, स्थानीय शान्ति समितीका संयोजक ठाकुर कुमार विक, देउराली यातायात समितीका अध्यक्ष योगेन्द्र खड्का, खानेपानी कार्यालयका जर्नादन अधिकारी मासु व्यवसायी समितीका अध्यक्ष पुरन विक लगाएतका हुनुहन्थ्यो ।