भारतीय अभिनेता शाहरुख खान विश्वकै दोस्रो धनी कलाकार, ६० करोड डलर सम्पत्ति


 

भारतीय अभिनेता शाहरुख खान विश्वकै दोस्रो धनी कलाकार बनेका छन्। हलिउड र  बलिउडका कलाकारको संयुक्त सूचीमा खान दोस्रो नम्बरमा देखिएका हुन्।
 
वेल्थ एक्स नामक मिडियाले जारी गरेको सूचीअनुसार शाहरुख खानसँग ६० करोड डलर सम्पत्ति छ। ६० वर्षीय कमेडियन जेरी सेनफेल्ड ८२ करोड अमेरिकी डलरसहित विश्वकै पहिलो धनी कलाकार बनेका छन्।
 
खान विश्वकै दस धनी कलाकारको सूचीमा पर्ने एक्ला भारतीय हु्न्। खान टिभी कार्यक्रम प्रस्तोता, क्रिकेट क्लबका मालिक र निर्माता पनि हुन्। विश्वकै तेस्रा धनी टम क्रुजसँग भने ४८ करोड अमेरिकी डलर सम्पत्ति छ। चौथो धनी र पाँचौ धनी जोनी डिप र टेलर पेरी दुवैसँग ४५ करोड लाख अमेरिकी डलर सम्पत्ति रहेको वेल्थ एक्सले जनाएको छ। AGENCIES