विश्वकप फुटबल अन्तर्गत समुह डि का खेलहरुमा कोष्टारिका र ईटाली विजयी

आषाढ १ । विश्वकप फुटबल अन्तर्गत समुह डि का खेलहरुमा कोष्टारिका र ईटाली विजयी भएका छन् । अमेजन जंगलको बिचमा रहेको मानस रंगशालामा आज विहान सम्पन्न भएको खेलमा ईटालीले इंग्लण्डलाई २-१ ले हराएको हो । खेलमा ईटालीका क्लाउडियो मार्कीसीयोले पहिलो गोल गरे । तर यसको लगत्तै इंग्लण्डका ड्यानिएल स्टरीजले एक गोल गर्दै टोलीलाई खेलमा फर्काए । दोस्रो हाफमा ईटालीले अर्को गोल थप्यो ।
मारीयो बालोटेलीले गरेको उक्त गोल नैं खेलको निर्णायक गोल बन्यो । जीतसँगै सिजारे प्राण्डेलीको प्रशिक्षणमा रहेको ईटालीले दोस्रो चरणमा प्रवेश गर्ने संभावनालाई बलियो पा-यो भने रोय हज्सनको टोली इंग्लेण्ड दबाबमा परेको छ ।
विश्वकप अन्तर्गतको अर्को खेलमा मध्य अमेरीकी मुलुक कोष्टारिकाले दावेदार उरुग्वेलाई ३-१ ले हराएको हो । खेलको २४ औं मिनेटमा उरुग्वेका एडिन्सन काभानीले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेलाई अग्रता दिए ।
तर यसपछि एकाएक आक्रामक प्रदर्शन गरेको कोष्टारिकाको लागि जोल क्याम्पवेलले ५४ औं मिनेटमा बराबरी गोल गरे । यसको ३ मिनेटपछि ओस्कार डुवार्टेले एक गोल गर्दै कोष्टारिकालाई खेलमा पहिलो पटक अग्रता दिए ।
८४ औं मिनेटमा मार्को उरेनाले कोष्टारिकाको लागि तेस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । जीतसँगै कोष्टारिकाले समुहमा अग्रता लिएको छ भने दावेदार उरुग्वे पहिलो खेलमै अप्रत्यासित नतिजा भोग्न बाध्य भएको छ । विश्वकप फूटबल २०१४ (ब्राजिल) को खेल तालिका

सहभागी राष्ट्रहरु 

समूह ए

क्रोसियामेक्सिको क्यामरुन  1 र ब्राजिल 3

समूह बी

नेदरल्यान्ड्स 5स्पेन 1चिली र अस्ट्रेलिया

समूह सी

कोलम्बियाग्रिसआइभोरी कोस्ट र जापान

समूह डी

उरुग्वेकोस्टारिकाइङल्यान्ड र इटाली

समूह ई

स्विट्जरल्यान्डइक्वेडरफ्रान्स र होन्डुरस

समूह एफ

अर्जेन्टिना,बोस्निया हर्जगोभिनाइरान र नाइजेरिया

समूह जी

जर्मनीपोर्चुगलघाना र अमेरिका

समूह एच

बेल्जियमअल्जेरिया रुस र दक्षिण कोरिया

विश्वकप खेल तालिका

समय

Arghakhanchi Media House Private Limited

Nagarjun – 3, Near Radha Krishna Mandir
Dhungedhara, Kathmandu, Nepal
Phone:- 01- 4881071 Fax:- 01- 4881071
Mobile:- 00977- 9857061416
Admin: info@arghakhanchi.com
News: news@arghakhanchi.com

Pages
संस्थापक / संचालक मेहर सिंह के.सी.
सम्पादक सन्तोष कुमार के.सी.

विज्ञापनका लागि सम्पर्क advertising@arghakhanchi.com