टेरियाको बिजयी जुलुश निकाल्न बुटवलका बासिन्दा मुम्बई पुगे, विश्वकपमा भन्दा आफूलाई ध्यान दिन टेरियाको आग्रह

भारतीय टेलिभिजनमा प्रसारण भइरहेको डिआडी लिटिल मास्टरको फाइनलमा पुगेकी नेपाली चेली टेरिया फौंजा मगरलाई जिताउन र बिजयी जुलुश निकाल्न रुपन्देहीका बिभिन्न क्षेत्रका बासिन्दा मुम्बई पुगेका छन् ।
मुम्बईमा रहेका र नेपालबाट जानेहरु मिलेर टेरियाको लागि भोट माग्नुका साथै हौंसला थप्न उनीहरु मुम्बई पुगेका हुन् । बुधवार रुपन्देहीको बुटवलदेखि तीस जनाको टोली मुम्बई प्रस्थान गरेको छ ।
टेरियालाई संगीत र नृत्य सिकाएको बागेश्वरी संगीतालयको संयोजनमा उनीहरु मुम्बई पुगेको पत्रकार टोपराज शर्माले बताए ।
शर्माले भने