विश्वकप अन्तर्गत समूह इ बाट फ्रान्स विजेता तथा स्वीट्जरल्याण्ड उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा

आषाढ १२ । विश्वकप अन्तर्गत समूह इ बाट फ्रान्स विजेता तथा स्वीट्जरल्याण्ड उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेका छन् । समूहको अन्तिम खेलमा फ्रान्सले इक्वेडरसंग गोलरहित बराबरीमै चित्त बुझायो ।
फ्रान्सले ९ वटा प्रहार खेर फालेपछि गोलविहीन बन्न पुगेको हो । खेलको ५० औं मिनेटमा लुकास डिग्नेलाई खुट्टामा हिर्काएपछि एन्टोनियो भ्यालेन्सियाले रातो कार्ड खाई मैदानबाट बाहिरिए पनि १० जनामा सीमित ईक्वेडरमाथि फ्रान्सले गोल बर्साउन सकेन ।
यो बराबरीसंगै फ्रान्स दुई जित र एक बराबरीका साथ ७ अंक बटुल्दै समूह विजेता बनेको हो । हारपछि ४ अंकको इक्वेडर प्रतियोगिताबाट बाहिरिएको छ । यता, एक खेल खेल्नुअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको होन्डुरसलाई ३-० ले पराजित गर्दै स्वीट्जरल्याण्ड ६ अंकका साथ समूह उपविजेता बन्दै प्रिक्वार्टरफाइनलमा पुगेको छ ।
स्वीट्जरल्याण्डलाई जिताउने क्रममा अर्दान शाकिरीले ह्याट्रिक गरे । जारी विश्वकपमा ह्याट्रिक गर्ने शाकिरी दोस्रो खेलाडी बनेका छन् । यसअघि जर्मनीका थोमस मुलरले पोर्चुगल विरुद्ध ह्याट्रिक गरेका थिए । agencies