सरकारी काम कहिले जाला घाम: जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको विगत लामो समय देखी रङ्गरोगन नभएको भवन ।
गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची २३ असार । विरामी लिएर जाने अस्पताल आफै विरामी भएपछि सरोकारवालाहरु चिन्तित भएका छन् । अपस्तालका कर्मचारीको कान गर्ने पृवती मनामानी भएपछि जिल्लाको एक मात्र अपस्तला भन्दा निजी अपस्ताल तिर जान थालेका छन् । अस्पताल विरामी भई थला पदै गएपछि विरामीहरु महङ्गगो पैसा तिरेर भए पनि निजि अपस्ताल तिर जान बाध्य भएका छन् । कार्यालय प्रमुखको निर्देशन तल्लो तह सम्मका कर्मचारीले कार्यन्यन नगरेपछि कार्यालय थप अस्तव्यस्त भएको हो ।
जिल्लाको एक मात्र अस्पतालमा ट्वाईट सफा नहुने,वेडका साम्रगी अस्तव्यस्त हुने,कर्मचारीले नियमित ड्युटी नगरेकाल अपस्ताले दुर अवस्थामा भएको नेपाली काग्रेसका जिल्ला सदस्य कृष्ण खनालले बताए । कर्मचारीले आफनो कर्तव्य पुरा नगर्ने प्रवृती बढेकाले अपस्ताल प्रति जनताको विश्वास घटेको खनालले बताए । नयाँ आउने कार्यालय प्रमुखले केहि गर्न खोजे पनि कर्मचारीको असहयोगका कारण प्रमुखको प्रयास निरर्थक हुदै गएको छ ।
सरकारी काम कहिले जाला घाम: जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको विगत लामो समय देखी रङ्गरोगन नभएको भवन ।
२ महिना अगाडी मात्र आएका डाक्टर जगन्नाथ तिवारी केहि सुधारका प्रयास थाले पनि ति सबै प्रयास असफल भएको अपस्ताल श्रोतले जनाएको छ । राम्रो छवी भएका तिवारी तथा अन्य रामै्र अनुभवी डाक्टर भएपनि आर्कषण भने बढ्न सकेको छैन् । जनस्वास्थ्यका फाट प्रमुखहरु कसरी मिलाएर पैसा खान सकिन्छ भन्नेमात्र चिन्ता हुन्छ कसरी अस्पतालको उन्नती होस पत्रकार महासंघ अर्घाखाँचीका सभापति शोभाखर पन्थीले भने । दलको दम्भ देखाउदै मिलोमोतोमा रकम खानामात्र जानेका कर्मचारीका कारण जनताको एक मात्र भरोसाको केन्द्र जिल्ला अपस्ताल आफै विरामी परेको पन्थीको भनाई रहेको छ ।
एकै दिन कर्मचारीले १ गोष्ठी ,१ ठाउँको टिए, भत्ता समेत लिने गरेका छन् अस्पतालका एक अधिृकतले प्रमाण देखाउदै भने, यस्तो छ हाम्रो अपस्तालको अवस्था उनले दुख मान्दै भने खाली कसरी कमिसन खान पाईन्छ भनेर मात्र चिन्ता गर्छन् उनले भने । विरामी भएकाहरुले खाने खानाको कुनै मापढण्ड छैन् । गुणस्त्तर हिन खुयाईन्छ ति अधिकृत भने । कार्यालयलाई चाहिने साम्रगी खरिदमा अस्तव्यस्त छ उनेले भने । एकै दिन २-३ तिरबाट भत्ता ल्याउन नपाईने प्रावधान रहेको जनाईएको छ । श्रोत भन्छ अहिले असार मसान्तमा कागज मिलाउ पैसा खाउ भन्ने निती जनस्वास्थ्यका फाटवाला कर्मचारीले लिएको जनाईएको छ । सबै भन्दा बढी कमिसनका चक्कर अस्पताल तिर भन्दा जनस्वास्थ तर्फ हुने गरेको छ । एक डाक्टरका अनुसार आफफुहरुले बढी डिउटी गर्दा पनि भक्ता पाईदैन तर जनस्वास्थका कर्मचारी नियमित काममा जाँदा पनि भत्ता खान्छन् उनले भने ।
गाउँ गाउँमा रहेका स्वास्थ्य सस्थाहरुमा समानुपातिक हिसावले वितरण गर्नुपर्ने भौत्तिक साम्रगी तथा आवश्यक पर्ने अन्य साम्रगी वितरण गर्दा पनि आफनो विरोध नगर्ने तथा एस मेनलाई मात्र वितरण गदै आएको ग्रामिण भेगमा रहेका स्वास्थ्य सस्थाका प्रमुखहरुको गुनासो रहेको छ । गाउँ गाउँमा बस्नु पर्ने कर्मचारी पहुचका आधारमा जिल्लामा बस्दै आएका छन् ।
विगत ९ महिना देखी रोकीएको आकस्मिक प्रसुती सेवा पनि अन्य कुनै कारण नभई आपसी आन्तरिक द्धन्द्धका कारण रोकीएको श्रोतको भनाई छ । प्रसुती सेवा रोकीदा ५-७ हजार खर्चमा उम्कने विरामी जिल्ला बाहिर जाँदा ५०-६० हजार खर्च गर्न बाध्य भएका छन् । जताततै सेवा सुचारु हुनु पर्ने आवाज उठ्न थालेपछि यो सेवा सुचारु हुने सम्भावना बढेको छ । सेवा तत्काल सुरु गर्ने प्रक्रियामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जगनान्थ तिवारीले बताए ।