यो जात्रा एक बिसेस किसिमको हुने गर्दछ। बलिया बलिया मानिसहरु मिलेर एक टन भन्दा बढी हुने एक बिसेस काठबाट बनाइएको मुर्तिलाई घिसार्दै ३-५ किलोमिटर सम्म पानीले छ्याप्दै दौडने चलन छ। मौसम अलि गर्मि हुने र घिसार्न सजिलो पनि होस् भन्ने हेतुले दौडने ठाउमा पानीको फोहराले छ्यापेको पनि देख्न सकिन्छ। साधारणतया ७ देखि १० ओटा छुट्टा छुटै टोलका छुट्टा ग्रुप हुने गर्दछन। यो दौडमा सबै लाइ बल मिलुस भनेर ओइसा ओइसा भनिरहेका हुन्छन। एसको एक झलक माथि राखिएको Youtube विडियो मा पनि हेर्न सक्न्हुन्छ। एस बिसेस किसिमको जात्रा हेर्नको लागि जापान भरिबाट ८ लाख भन्दा बढी मानिसहरु पर्तेक बर्ष तेस ठाउमा जम्मा हुने गर्दछन।



