चेलीबेटी बेचविखनविरुद्ध क्रियाशील संस्था माइती नेपालले दृष्टिविहीनहरुको सहयोगार्थ आज तीज पर्व मनाएको छ । राजधानीको गौशालास्थित माइती नेपालको परिसरमा तीज कार्यक्रम गरिएको हो ।
कार्यक्रममा सहभागीहरुबाट उठेको ४० हजार रुपैयाँ दृष्टिविहीनहरुलाई प्रदान गरिएको थियो । ८ जना दृष्टिविहीनहरुलाई स्नातक तहको अध्ययनका लागि सो रकम प्रदान गरिएको माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले जानकारी दिइन् ।
यसअघि गतवर्ष पनि माइती नेपालले दृष्टिविहीनहरुको अध्ययनका लागि आर्थिक सहयोग गरेको थियो ।