काठमाडौं, भाद्र ९ । देशभरका हिन्दू धर्मावलम्बीहरुले आज कुसे औंशीका दिन बाबुको मुख हेर्ने पर्व मनाइयो मनाइएका छन। विभिन्न मिठाई, फलफूल भोजन गराइ छोराछोरीले यस पर्व मनाउने गर्दछन् । प्रत्येक वर्ष भाद्रकृष्ण औंशीका दिन छोराछोरीले आ-आफ्ना बुबालाई मिष्ठान्न भोजन गराउनुको साथै उपहारहरु प्रदान गरी बुबाबाट आशिर्वाद ग्रहण गर्ने परम्परा छ ।
बुबा दिवंगत भइसकेका छोराछोरीहरुले भने आफ्ना पुरोहित, ब्राह्मण वा बज्राचार्यलाई दिवंगत बुबाको नाममा सिदा दिने गर्दछन् । काठमाडौंको जनबहाः स्थित सेतो मत्स्येन्द्रनाथ तथा अरु देवीदेवको मन्दिर वरपर सिदा दान दिने र लिने ब्राह्मण र बज्राचार्य हुन्छन् ।
मानिसले जन्म लिएपछि पितृ ऋण, ऋषिऋण र देवऋणबाट मुक्त हुनुपर्दछ भन्ने शास्त्रीय मान्यता छ । पूर्वोत्तर बाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेवको मन्दिरमा गइ आ