गायक तथा संगीतकार अर्जुन कौशल सँगको कुराकानी

केही दिन अघी मात्र जनचेतना मुलक गिती एल्बम मादक पढार्थ सेवन(मापसे) को गीत र म्युजिक विडियो बजारमा ल्याइ सकेका साथै नेपाली सांगितिक बजारमा राम्रो पहिचान बनाउन सफल लोकपप पारखी अर्जुन कौशल सँग दिल्ली स्थित अर्घाखाँची डट कम का प्रतिनिधी बाबु रोका मगर ले गरेको कुराकानी को एक रिपोर्ट | 
Displaying image-5397a4d9939f0f73c524886defdbd16b23b4ad3479f771ebeef7138858c0d309-V.jpg
-अर्जुन जि लाई हाम्रो अर्घाखाँची डट कम को तर्फबाट हार्दिक नमस्कार!
अर्जुन कौशल – मेरो पनि तपाईं लगायत अर्घाखाँची डट कम का सम्पूर्ण यूनिटहरु लाई सादर नमस्कार |
-अर्जुन जि को घर नेपाल कुन ठाउँं मा ?
अर्जुन कौशल – घर मेरो पाल्पा जिल्ला, अर्गेली, वडा नम्बर तीन रनुवा टोल |
-संगीतिक क्षेत्रमा कहिले देखी आफुलाई ढाल्नु भयो ?
अर्जुन कौशल- यस्तै २०५५-५६ देखी 
-तपाईंको पहिलो एल्वम?
अर्जुन कौशल- मेरो पहिलो एल्वम संगीतमा  “लोक पप” चौतारी भाग (एक) हो भने गीत तर्फ “आउने दशैमा” थियो |   
– अर्जुन कौशल गायक हो या संगीतकार?
अर्जुन कौशल- हुन त म दुवै क्षेत्रमा लागेको मान्छे हुँ तर गायक नै मेरो बिशेषता हो |
– तपाईंले दिएको अहिले सम्मका हिट गितहरु मध्य कुन-कुन गीत तपाईंको रोजाइमा पर्दछन ?
अर्जुन कौशल- भिरको बाटोमा, नथिया वालिले, यानी माया हो आदी गीतहरु  |
– सुनेको छु दिल्ली मा पनि तपाईंको लोकप्रियता बढेको छ ?
अर्जुन कौशल- त्यो सबै दर्शक स्रोताहरुले मन पारीदिनु भएको र तपाईंहरु जस्ता मिडिया हरुको माया नै हो | जस्ले जनताहरुको माझ सम्म पुग्ने प्रेणना दिएको छ |
-यदी भोलीको कुनै दिन मा देश युद्दको रणभुमी मा उत्रियो भने कलाकारहरु पनि यो युद्दमा सामिल होलान त ? यदी सामिल भएतापनी कुन तरिकाले सामिल हुन सक्छन ?
अर्जुन कौशल- कलाकारहरु पनि त्यो देशका जनातानै हुन परीआएको खण्डमा युद्द भित्र सामिल हुनै पर्छ तर हामी हातहतियार भन्दा पनि देशभक्ती गितहरुबाट नै लडाईं गर्ने योद्दाहरुलाई जोश, हौशाला अनी साथ दिन सकिन्छ |
-तपाईं संगीतकार अनी गायककार पनि तपाईं ले चाहनु भयो भने यो क्षेत्रमा आउन चाहने कुनै पनि ब्याक्तीहरु लाई इन्ट्री गराउन सक्नु हुन्छ ? 
अर्जुन कौशल- अब मैले चाहेर भन्दापनी यो क्षेत्रमा आउन चाहने ब्याक्तिको रुची यो संगीतिक फाँटमा कती छ? त्यो उसमा निर्भर हुन्छ तर पनि यदी कुनै ब्याक्ती यो क्षेत्रमा आउन चाहन्छ र मसँग सहयोगको उपक्षा राख्दछ भने म आफु सक्दो सहयोग पक्का गर्छु | मेरो सानो सहयोगले कसैको इच्छा पुरा हुन्छ र उ खुशी हुन सक्छ भने त्यो भन्दा राम्रो मेरो लागि अरु के नै हुन सक्छ र |
– तपाईंले भर्खर मात्र विमोचन गर्नुभएको एल्बम(मापसे)ले समाजमा केही सुधार ल्याउन सक्ला ? 
अर्जुन कौशल – कलाकारहरुले गीत बाट हुन्छ या अभिनय गरेर हुन्छ हामीलेत पब्लिक माझ सन्देश पुर्याने काम गर्न सकिन्छ सुधार कार्य स्वयम आँफै नगरे सम्म कुनै परिवर्तन आउन सक्दैन | 
-नेपाल भित्र यो संगीतिक फाँट राम्रो सँग मौलाउन न सकेको धेरै कलाकार अनी कम्पनिको गुनासो सुनिन्छ तपाईं लाई के लाग्छ ?
अर्जुन कौशल- हो कुरा सही हो अहिलेको समयमा टेक्नोलोजिले कलाकारहरुको पेरिश्रमलाई उचित स्थान सम्म पुग्न दिएको छैन तर यो समयमा टेक्नोलोजी को पनि उतिकै महत्व छ | गीत रिलिज गर्न पाएका हुँदैनौ बिदेशमा गीत बजिसकेको हुन्छ  हाहाहा…. 
-आजकल प्राय नेपाली कलाकारहरु विदेश गएर आफ्नो कला प्रस्तुत गर्ने गरेका हुन्छन र कमाइ पनि राम्रै गरेका हुन्छन तपाईंको पहिले  बिदेश यात्रा कहाँ बाट सुरु गर्नु भयो ?
अर्जुन कौशल- मेरो पहिलो विदेश यात्रा भारत हो भारतको दिल्ली,गूड्गाव,बेङ्लोर अनी मुम्बईमा मैले प्रोफोमेन्स गरेको छु र अब यो दशैमा लालीगुराँश नेपाली साँस्कृतिक परिवार कुवेत बाट निमन्त्रणा दिनु भएको छ उता पनी जाने तयारी गर्दै छु |
– धन्यवाद अर्जुन जि समयको अभाव भएतापनी हामीलाई समय दिनुभयो अन्तमा तपाईंले विदेशमा बस्नुहुने नेपाली दाहुभाइ तथा दिदिबहिनी हरुलाई केही सन्देश दिन चाहनु हुन्छ ?
अर्जुन कौशल- अबश्य सर्वप्रथम तपाईंलाई पनि धेरै धेरै धन्यवाद | तपाईंहरुको  मायाले नै हामी कलाकारहरु यहाँ सम्म आउन सफल भएका छौ र जसले मलाई यहाँ सम्म ल्याइ पुर्‍याउनु भयो उँहाहरु सँग भेटघाट हुने मौका मिलेको छ, खास गरी भन्नु पर्दा हाम्रो देश नेपाल चलेको नै विदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइहरुको रगत पसिनाले हो,मत्लव उँहाहरुले कमाइ गरी पठाएको पैसा (रिमिटेन्स) बाट नै आज हाम्रो देश चलिरहेको छ | सम्पूर्ण प्रदेशी नेपालीहरुलाई म सलाम गर्दछु र अन्तमा मलाई माया गरेर स्वदेश तथा विदेशमा बोलाएर आफ्नो कला नेपालीहरुको माझ प्रस्तुत गर्न पाएकोमा म उँहाहरु प्रती अतिनै खुशी ब्यक्त गर्दै धन्यवाद प्रकट गर्न चाहन्छु | 
Displaying image-88991a34c09ad56302b117267d77cfb7b7248c29370aa95179c326ed7fc43d8a-V.jpg
यदी स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली हरुले अर्जुन कौशलको सबै गीत र भिडियो हेर्न चाहनु हुन्छ भने :
www.arjunkaushal.com.np मा लगअन गरी हेर्न अनी सम्पूर्ण जानकारी लिन सक्नु हुनेछ |