डडेल्धुरा, आश्विन १६ । सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा मन्दिरमा लाग्ने महाअष्टमी मेलामा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । हरेक वर्ष बडादसैंको महाष्टमीमा लाग्ने मेलामा सुदूरपश्चिमका पहाडी जिल्ला र तराईका जिल्लाबाट पनि दर्शनार्थीहरु मन्दिरमा पुग्ने गर्दछन् ।
देशका अरु शक्तिपीठ जस्तै डडेल्धुराको उग्रतारा, नवदुर्गा मन्दिर, बैतडीको निङलासैनी, मेलौली, देहिमाण्डौं, त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरी तथा बाजुराको वडिमालिका शक्तिपीठमा ठूलो मेला लागेको छ ।
किंवदन्तीअनुसार २५ सय वर्ष पहिले हालको अमरगढी नगरपालिका वडा नं. ८ लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएको विश्वास गरिन्छ । यहाँ बली दिने प्रचलन पनि छ । IMAGEKHABAR