आज दशैंको टीका, मान्यजन तथा आफन्तजनबाट टिका, जमरा तथा आशिर्वाद ग्रहण गर्दै हर्षोल्लासपूर्वक मनाइंदै

 आज नेपालीहरुको महान् चाड विजया दशमी देवी दुर्गा भवानकिो प्रसाद टीका र जमरा लगाइ हर्षोल्लासपूर्वक मनाइंदै छ ।
काठमाडौं । विजया दशमीको आज टिका लगाउने दिन । विजया दशमीमा मान्यजन तथा आफन्तजनबाट टिका, जमरा तथा आशिर्वाद ग्रहण गर्ने चलन छ । टिकाको उत्तम साइत आज बिहान १० बजेर १५ मिनेटमा रहेपनि त्यसपछि दिनभर टिका लगाउन सकिने पञ्चाङ निर्णायक समितिले जनाएको छ ।
असत्यमाथि सत्य र दानवी शक्तिमाथि दैवी शक्तिको विजयको रुपमा विजया दशमी मनाउने चलन छ । घट्स्थापनाको दिनबाट थालिएको पूजा आराधना आज विधीपूर्वक विसर्जन गरिन्छ । राष्ट्रपति रामवरण यादवलले विजया दशमीको टिका सर्वसाधारणलाई लगाईदिने चलन छ ।
tika
आज विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १५ मिनेट जांदा उत्तम रहेको नेपाल पञ्चाग निर्णायक समितिले जनाएको छ । दसैंको टिका रातिसम्म जतिबेला लगाए पनि हुनेछ ।