काठमाडौं, आश्विन २० । दसैं टीकाको चौथो दिन आज । विजयादशमीको दिनदेखि सुरु भएको जमरा र टीका, प्रसाद ग्रहणको क्रम सोमबार (आज) जारी छ । हिन्दू धर्मावलम्बीहरुको महान् चाड वडादसैंको टीका लगाउनेक्रम पूर्णिमासम्म चल्ने गर्दछ ।
दशमीका दिन टीका लगाउन नभ्याएकाहरुले पूर्णिमासम्म नै टिका लगाउने गर्दछन् । बडादसैंमा घटस्थापनाका दिन दसैंघरमा विधिपूर्वक राखिएको जमरा र ९ दिनसम्म दुर्गा भवानीको पूजा