अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको छैठौ जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न

वीरेन्द्र केसी

सन्धिखर्क, अर्घाखाँची । अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको छैठौ जिल्ला अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । 
अधिवेशनको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल किसान महासंघका केन्द्रिय कार्यवाहक अध्यक्ष केशवलाल श्रेष्ठले नेता मात्रै नभएर कृषि उत्पादन गरे मात्रै कृषि क्रान्ति सफल हुने बताउनु भएको छ । उहाले किसानको हक हितको लागि कानुनी रुपमा छुटै किसान अदातल आवश्यक रहेको बताउदै हरेक किसानले कृषि र पशुपालनमा जोड दिएर संगठनलाई मजबुद बनाउन अनुरोध गर्नुभएको छ । 
कार्यक्रममा महासंघका उप-महासचिव बलाराम बास्कोटा, राष्टिय समिति सदस्य एवं लुम्बिनी अञ्चल ईन्चार्ज जालपा भुसाल, एमाले जिल्ला अध्यक्ष चेतनारायण आचार्य लगायतले अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो । दुर्गाप्रसा खनालको अध्यक्षता, ढुण्डिराज ज्ञवालीको स्वागत र देवीबहादुर खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमालेका नेता पिताम्बर भुसाल, जिल्ला उपाध्यक्ष जीवनारायण कोईराला, सचिव रामबहादुर चौहान, बुद्धिबहादुर रायमाझी, प्रेम गैरे लगायतका नेताले समबेधन गरेका थिए । 
यस्तै भेलाले ढुण्डीराज ज्ञवालीको अध्यक्षतामा २९ सदस्य अखिल नेपाल किसान महांसघ गठन गरेको छ । जसको उपाध्यक्षमा भेषराज पौडेल, सचिवमा देवि बहादुर खड्का, सहसचिवमा डिलाराम पाण्डे लगायतका रहेको किसान इन्चार्ज सरोज भुसालले बताउनु भएको छ  । 

अन्य समाचारहरु