प्रेमनारायण आचार्य
अर्घाखाँची २६ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका अर्घामा हिज साझ भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
चुत्राबेसी बाट हिले जादै गरेको लु१ज १४५३ नम्बरको जीप सन्धिखर्क नगरपालिका वाड न. १२ अर्घा घर्तीखोर दीपमा सडकबाट करिब पाँच सय मिटर तल खस्दा २ जनाको घटनास्थलमै र १ जनाको उपचारको लागि सन्धिखर्क ल्याउदै गर्दा बाटोमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा गाडी चालक धारापानी ६ रातामाटाका अन्दाजी ३४ बर्षिय कमल बन्जाडे र सन्धिखर्क नगरपालिका वाड न. १२ अर्घा दीपका २२ बर्षिय जमुना खड्का र जमुनाको छोरा एक बर्षिय बालक कपिल खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक दिपेन्द्र जिसिले बताए ।