एसीसी यु-१९ प्रिमियर लिग क्रिकेटमा नेपाल फेरिपनि अफगानिस्तानसँग पराजित

एसीसी यु-१९ प्रिमियर लिग क्रिकेटमा नेपाल फेरिपनि अफगानिस्तानसँग पराजित भएको छ । यसअघिका दुई संस्करणमा अफगानिस्तानसँग पराजित भएरै प्रतियोगिताको उपविजेता बनेको नेपाल कुवेतमा जारी योपटकको संस्करणमा पनि अफगानिस्तानसँग पराजित भएको छ ।
नेपाल आफ्नो चौथो खेलमा शुक्रबार ५ विकेटले पराजित भएको हो । अफगानिस्तानले ३६ ओभरमा ५ विकेट गुमाएर जित हात पारेको हो । नेपालका लागि प्रेम तामाङले २ तथा सुनिल धमला, सौरभ खनाल र सुशील कणेलले १