स्पेनिस ला लिगाअन्तर्गत्बा र्सिलोनाको फराकिलो जितमा मेसीको ह्याट्रिक

स्पेनिस ला लिगाअन्तर्गत् आइतबार राति भएको खेलमा बार्सिलोनाले इस्पानियोललाई ५-१ ले हराएको छ । आफ्नै मैदान नुवो क्याम्पमा भएको खेलमा बार्साले आफ्नै सहरको प्रतिद्धन्द्धी इस्पानियोललाई फराकिलो गोल अन्तरमा हराएको हो ।
खेलको १३औं मिनेटमा सर्जियो गार्सियाको गोलबाट इस्पानियोलले अग्रता लिएको थियो । तर, यसपछि बार्सिलोनाले लगातार गोल गर्‍यो । बार्साका लागि अर्जेन्टाइनी स्ट्राइकर लियोनल मेसीले ह्याट्रिक गरे भने जेरार्ड पिके र पेड्रो रोड्रिग्वेजले एक-एक गोल थपे ।
जितपछि बार्सिलोनाले लिग तालिकामा शीर्ष स्थानको रियाल मड्रिडसँगको अंक दूरीलाई फेरि २ अंकमा झारेको छ ।
ला लिगाअन्तर्गत् अन्य खेलहरुमा सेभियाले रायो भालेकानोलाई १