महाशिवरात्रि । पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुईंचो

काठमाडौं  । आज महाशिवरात्रि । पशुपतिनाथसहित देशभरका शिवालयमा विहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ ।
शिव उत्पत्ति भएको रातका नामबाट नामकरण गरिएको यस पर्व हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइन्छ ।
कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रुपमा यसलाई पुराणमा व्याख्या गरिएको छ ।
 इमेजखबरमा समाचार छ। ब्रतमा सर्वाेत्तम ब्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी ब्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
पशुपति मन्दिरमा आज विहान ३ बजेदेखि नै दर्शनका लागि दर्शनार्थीको घुईचो लागिसकेको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार वाग्मती नदीको पश्चिम करिडोर प्रयोग गरी तिलगंगा-पिङगलास्थान हुँदै वनकाली