काठमाडौ – राजधानीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारकालागि भर्ना भएका राष्ट्र गानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङ स्वास्थ्यलाभ गरी घर फर्केको अस्पतालले जनाएको छ ।
फाल्गुण ७ गते बिहीवार घरमा अचानक लडेर अचेत भएपछि गुरुङलार्इ उपचारका धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुर्याइएको थियो ।
२७ दिनको अस्पताल बसाई र उपचारपछि स्वास्थ्यलाभ गरी गुरुङ आज घर फर्केका हुन् ।
केही बर्षयता पार्किन्सन्स र मधुमेह बाट पीडित गुरुङ अचानक अचेत भएर लड्नु भएपछि उनको टाउको र हातमा चोट लागेको थियो ।
उनको उपचारमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे, बरिष्ठ न्यूरो फिजिसियन डाक्टर राजु पौडेल र बरिष्ठ न्यूरो सर्जन डाक्टर अमित थापा, स्पिच थेरापिष्ट धर्म डंगोल, फिजियो थेरापिष्ट राजेश श्रेष्ठ लगायतको टोली संलग्न रहेका थिए ।
सयौं लोकप्रिय गितहरुमा संगित र स्वर भरेका ७८ बर्षीय गुरुङले व्याकुल माइलाद्वारा लिपिवद्ध नयाँ नेपाली राष्ट्र गानमा समेत संगित दिएका छन् । कान्तिपुरमा समाचार छ ।