काठमाडौं । बुधबार शेयर बजारमा पुनः गिरावट आयो । पछिल्ला दिन निरन्तर वियरिष ट्रेन्डमा रहँदै आएको बजारमा अघिल्लो दिन सुधार भएको थियो ।
यसदिन बजार परिसूचक नेप्से ६ अंक बढीले ओरालो लागेर ९ सय ३९ मा आइपुग्यो । कारोबार भएकामध्ये अधिकांशजसो समूह रातो रहेसँगै नेप्से झरेको हो । होटल समूहमा सबैभन्दा उच्च ४१ अंकको कमी आयो । बीमा समूह ३६ अंकले झर्यो । उत्पादनमूलक र अन्य समूह भने स्थीर रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २१ कम्पनीको ३ लाख ८३ हजार कित्ता शेयर १२ करोड २७ लाख बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । इमेजखबरमा समाचार छ ।